ताजा अपडेट »

बुटवलमा झुन्डिएको अवस्थामा युवा जोडी फेला

मंगलबार, २३ बैशाख २०७७, १२ : ०१
2 Shares

बुटवल । बुटवलमा झुन्डिएको अवस्थामा युवा जोडी फेला परेका छन् । बुटवल उपमहानगरपालिका–१९ मा एउटै रुखमा अन्दाजी २०–२२ वर्षका युवा जोडी झुन्डिएको अवस्थामा मगंलबार बिहान फेला परेको स्थानीय छवि चौधरीले बताए ।

इलाक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले घटना भएको थाहा पाए लगतै प्रहरी घटना स्थलमा पुगेको बताए । के कारणले गर्दा एकैसाथ आत्महत्या गरेको भन्ने पुरा विवरण नआएता पनि परिवारले उनीहरुको प्रेमलाई अस्वीकार गरेपछि आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।