ताजा अपडेट »

रुपन्देहीमा ७९ वर्षीय वृद्धद्वारा आत्महत्या

शनिबार, १३ बैशाख २०७७, १४ : ००
4 Shares

बुटवल । रुपन्देहीमा वृद्वले आत्महत्या गरेका छ्न । जिल्लाको कञ्चन गाउँपालिका वार्ड नं ४ बस्ने ७९ वर्षीय वृद्वले होम बहादुर थापा आफ्नै घर पछाडीको आँपको रुखमा नाइनलको डोरीले घाँटीमा पासो लगाई आज बिहान आत्महत्या गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

साँझ परिवारसित खाना खाएर सुतेका मृतक थापाले आज बिहान किन आत्महत्या गरे भन्ने बारे कुनै जानकारी नभएको मृतकका परिवारले बताएका छन । मृतकले आत्म हत्या गर्नु पुर्व कागजमा आफ्नो पारिवारिक तीन पुस्ते विवरण , लालपुर्जामा आफ्नो नाम फरक भएको र आफु स्वइच्छाले आत्म हत्या गरेको भनि लेखेर आत्महत्या गर्ने स्थान नजिकै रहेको सानो मन्दिरको भित्तामा टांसेको र सोही विवरण उल्लेख गरी लेखिएको एउटा कागज आँपको फेंदमा राखेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय सालझण्डीले जनाएको छ ।

मृत्युको शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा पठाइएको इलाका प्रहरी र्कायलय सालझण्डीले जनाएको छ । कञ्चनमा गाउँपालिकामा गत साउनदेखि हालसम्म आत्महत्या गर्नेको संख्या ५ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।