६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

गौतम भुसाल,
ग्लोबल आवाज, भैरहवा

Advertisement

विगत १ वर्षदेखि भैरहवा क्षेत्रमा निसान र डाट्सन कम्पनीका कारहरूको बिक्री, प्रबद्र्धन र बिक्री पछिको सेवाहरू प्रदान गर्दै आएको वरुण मोटर्स प्रा.लि.ले विश्वप्रसिद्ध कार उत्पादक कम्पनी निसानको नयाँ ब्रान्ड किक्स कारको भैरहवामा औपचारीक बिक्री बितरण सुरु गरेकोे छ । केही समय अघिमात्र भारतीय बजारमा सार्वजनिक भएको यो कार नेपालमा फागुन ५ गते सार्वजनिक भएसँगै देशका प्रमुख सहरहरूमा लन्चिङ तथा बिक्री प्रारम्भ गरिएको हो ।

नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पको भैरहवा क्षेत्रका लागि अधिकृत विक्रेता वरूण मोटर्सले एक समारोहका बीच किक्स कारको यहि फाल्गुन –१३ गते भैरहवामा बिक्री शुभारम्भ गरेको हो । निसान किक्स कारको बिक्री शुभारम्भसँगै वरुण मोटर्सले आफ्नो आधुनिक बिक्री कक्ष (शोरुम)को पनि औपचारीक उद्घाटन समेत गरेको छ ।

वरुण मोटर्सका अध्यक्ष रमेश अग्रवालाकी बयोवृद्ध माता रुकमिणी दवबी अग्रवाल तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रदेश ५ का प्रदेश सभाका लागि निर्वा्चित सदस्य सन्तोष पाण्डेले संयूक्त रुपमा नया बिक्रीकक्षको समुद्घाटन गरेका थिए । बिक्री कक्ष समुद्घाटनसँगै प्रदेश सभा सदस्य संतोष पाण्डे, बरुण मोटर्सका अध्यक्ष रमेश अग्रवाल, प्रबन्ध निर्देशक राहुल अग्रवाल, पायोनियर मोटोकर्पका निर्देशक गौरब शारदाले संयुक्त रुपमा किक्स कारको लोकार्पण गरेका थिए ।

सो–रुम उद्घाटन संगै एउटा किक्स कारको बिक्री हुनुका साथै ३ वटा बुकिङ तथा ३ वटा डाट्सन कम्पनीका रेडिगो कार समेत बिक्री भएको वरुण मोटर्सका प्रबन्ध निर्देशक राहुल अग्रवालले जानकारी गराए ।

डिजेल र पेट्रोल दुबै अप्सनमा उपलब्ध रहने किक्समा १.५ लिटरको इन्जिन रहेकोे छ । १४९८ सीसी क्षमताको पेट्रोल इन्जिनले १०६ पीएस पावर र १४२ एनएम टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ११० पीएस पावर र २४० एनएम टर्क जेनेरेट गर्छ ।

किक्समा स्ट्यान्डर्ड फिचरको रूपमा सबै भेरियन्टमा ड्यूल फ्रन्ट एयर व्याग, ईबीडी सहितको एबीएस, आईएस ओफिस, चाइल्ड सिट माउन्ट समेत रहेको छ । टप भेरियन्टमा साइड–एयरव्याग, ईएसपी र हिल–स्टार्ट असिस्ट, ३६० डिग्री क्यामराको फिचर उपल्बध छ ।

अन्य फिचरहरूमा एलईडी प्रोजेक्टर हेडल्याम्प, रेन्सेन्सिङ्ग वाइपर, ८ इन्चको एन्ड्रोइड अटो तथा एप्पल कार–प्ले सपोर्ट गर्ने इन्फोटेन्मेन्ट सिस्टम सहित अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टार्टका लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकका लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस पनि समावेश गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार