ताजा अपडेट »

रोटरी भैरहवाद्वारा कोरोना सम्बन्धी सचेतना तथा सामग्री वितरण

मंगलबार, ११ चैत्र २०७६, १२ : ०८
4 Shares

भैरहवा । रोटरी क्लब अफ भैरहवाले विभिन्न सुरक्षा निकाय तथा संघसंस्थालाई कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी सचेतना कार्यक्रमसँगै मास्क वितरण गरेको छ । क्लबले सोमबार भैरहवामा रहेको सिद्धार्थ बाल गृह , बाल सुधार गृह , सशस्त्र प्रहरी बल ३८ नम्बर गुल्म डण्डा , जिल्ला ट्राफिक प्रहरी कार्यालय , वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयमा मास्क वितरण गर्नुका साथै बाल, बालिका, बृद्ध–बृद्धा सुरक्षाकर्मीहरुलाई कोरोना भाइरस (कोभिड–१९)बाट सुरक्षित रहनका लागि अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने सामग्री बारे जानकारी गराउँदै उक्त मास्क वितरण गरिएको क्लबका सस्थापक अध्यक्ष राजकुमार गुप्ताले बताए।

क्लबले विश्वव्यापी रुपमा फैलिएको भाइरसको नेपालमा पनि उच्च जोखिम रहेको अवस्थामा सम्बन्धित कार्यालयमा नै पुगेर सचेतना गर्नुका साथै मास्क वितरण गरेको हो । सचेतना तथा वितरण अभियानमा क्लबका पदाधिकारी तथा सदस्य हरु शिवहरि शर्मा, कमल कोइराला, राज कुमार बि.क., दुश्यन्त थापा, सगम न्यौपाने, कुन्दन बज्राचार्य लगाएतको सहभागिता रहेको अध्यक्ष गुप्ताले बताए । मास्क हस्तान्तरणमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएस पि खडग बहादुर खत्री,सशस्त्र प्रहरी बल ३८ नम्बर गुल्म डण्डाका डिएसपि मान बहादुर शाहीले कोरोना भाइरसबाट मात्र नभइ धुलो धुुँवाबाट समेत मास्कले सुरक्षा गर्ने बताउँदै सधैं प्रयोग गर्न आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।