ताजा अपडेट »

कपिलवस्तुमा ‘सुसाइड नोट’ लेखेर विद्यार्थीद्वारा आत्महत्या

बुधबार, ०५ चैत्र २०७६, १२ : ५०
12 Shares

बुटवल । कपिलवस्तुमा एक विद्यार्थीले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी छिन् । जिल्लाको शिवराज नगरपालिका–१ शिवपुरमा रहेको नेपाल आर्दश माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यानरत १८ वर्षिय सिमा विकले विद्यार्थीले मगंलबार आत्महत्या गरेकी हुन् ।

सुरही सामुदायिक बनमा जामुनको रुखमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । चैत ३ गते पेशा व्यावसाय विषयको परिक्षा दिदै गर्दा अनुगमन टोलीले चिट खोसेपछी विद्यालयको बदनाम भएको कारण आत्महत्या गरेको सुसाईड नोटमा लेखिएको छ ।विकले एक साथिलाई पत्र प्रध्यानाध्यापक लाई बुझाई माफि मागिदिन अपिल गरेकि छिन् । “मेरो सानो गल्तिले विद्यालयको बदनाम भएको छ, म यो समाजमा मुख देखाउन लाएक छैन, म मर्न चाहान्छु, मलाई माफि दिनुहोला” पत्रमा उल्लेख छ । चिट भटेपछि शिक्षकले विद्यार्थीहरुको प्रवेश पत्र र उत्तर पुस्तिका केहि समयको लागि खोसेका थिए । उनले २ पेजको नोटमा भावुक शव्दहरु लेखेकि छिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।