ताजा अपडेट »

रोयल च्यालेञ्जर भैरहवाद्वारा आश्रममा सहयोग

आइतबार, ०२ चैत्र २०७६, १८ : ५५
8 Shares

भैरहवा । रोयल च्यालेञ्जर भैरहवा (आर.सी.बी)ले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा सहयोग गरेको छ । च्यालेञ्जरले उक्त आश्रममा आइतबार खाद्यान्न सामाग्री, मास्क, फलफूल तथा औषधी (पौष्टिक आहार) वितरण गरेको हो ।

सन्तानसंगै जीवन बिताउन नसकेका आश्रममा रहेका वृद्धवृद्धालाई थोरै भए पनि राहत होस भन्ने उद्देश्यले सामाग्रीहरु वितरण गरिएको रोयल च्यालेञ्जर भैरहवाका सञ्चालक विजय कुमार कर्णले बताए । उनले आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने बताए । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि भीम अस्पताल, भैरहवाका सूचना अधिकारी तथा नेपाल सि.एम.ए. संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले रोयल च्यालेञ्जर भैरहवाले उदाहरणीय काम गरेको बताए । उनले आश्रममा रहेका वृद्धवृद्धाहरुलाई सहयोगी हातहरुको कमी नहुने भएकोले एक्लोपनको महसुस नगर्न आग्रह गरे । उपाध्यायले वृद्धवृद्धाको सेवा गर्न पाउनु आफैमा महत्वपूर्ण विषय भएको उल्लेख गरे । रुपन्देही नागरिक समाजका वरिष्ठ उपाध्यक्ष श्रीराम गुप्ताले यस्ता प्रशसंनीय कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

रोयल च्यालेञ्जर भैरहवाका कार्यक्रम संयोजक रोशन मिश्राको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी सत्यनारायण चौधरी, खेलाडीद्धय अजय हरिजन, जितेन्द्र चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।