ताजा अपडेट »

तरुण दलकाे आयाेजनामा सहिद आलाेक स्मृती फुटसल

बुधबार, २१ फागुन २०७६, ०९ : ३६
6 Shares

बुटवल । नेपाल तरुण दल तिलाेत्तमा नगर समितीकाे आयाेजनामा सहिद यादवनाथ ´आलाेक` स्मृती फुटसल प्रतियाेगिता आयाेजना हुने भएकाे छ । रुपन्देहीकाे तिलाेत्तमा-९ अवस्थित फ्रेन्डस बिस्ट्राे स्पाेर्टसमा फागुन २२ गते विहिबारदेखि २४ गतेसम्म सञ्चालन हुने प्रतियाेगितामा२१ समूहकाे सहभागिता रहने खेल संयाेजक अर्जुन क्षेत्रीले जानकारी गराए ।

प्रतियाेगितामा तिलाेत्तमाका १७ वडासहित नगर बाहिरका ४ टिमकाे सहभागिता रहने भएकाे हाे । प्रतियाेगिता बारे जानकारी गराउनका लागि बुधवार आयाेजित पत्रकार सम्मेलनमा प्रतियाेगितका विजेता समुहले नगद ३० हजारसहित ट्रफि र प्रमाणपत्र तथा उप विजेताले नगद १५ हजारिसहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने दरुण दल तिलाेत्तमा अध्यक्ष खिम क्षेत्रीले जानकारी गराए । प्रथम पुरस्कारका लागि युवा व्यवसायी कुमार दुबेले स्पाेन्सर गरेकाे आयाेजकले जानकारी गरायाे ।

प्रतियाेगितामा उत्कृष्ट गाेल रक्षक, सर्वाधिक गाेलकर्ता र उत्कृष्ट खेलाडीहरुलाई जनही नगद ५ हजार पुरस्कार राशीले सम्मान गरिने आयाेजकले जनाएकाे छ । प्रतियाेगितामा सहभागी प्रतिटिमका लागि २ हजार ५ सय प्रवेश शुल्क राखिएकाे छ भने प्रतियाेगिता आयाेजनाका लागि २ लाख ६० हजार खर्च अनुमान गरिएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।