६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

भैरहवा । आगामी चैत्र १ गतेदेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि भैरहवा ग्लाडिएटरले थप ३ जना विदेशी खेलाडी भित्र्याएको छ । भैरहवामा श्रीलंकाबाट मिलिन्डा सिरिवन्दन र जीवन मेन्डिस तथा ओमनबाट बिलाल खान भित्रिएका छन् । नेपाली राष्ट्रिय टिमका समेत प्रशिक्षक रहिसकेका पुबुदु दासानायके भैरहवाको प्रशिक्षक रहेका छन् । उनले नेपालमा फेरि आउन पाउँदा खुशी लागेको बताएका छन् । केही समयअघि ड्वेन स्मिथलाई टिममा सहभागी गराइसकेको भैरहवाले आईतबार थप तीन खेलाडी भित्र्याएको हो ।

Advertisement

विदेशी खेलाडीहरुमध्ये ओमनका बिलाल खान नेपाली क्रिकेटसँग जानकार रहेको र श्रीलंकन खेलाडीहरुलाई यहाँको अवस्थाबारे ब्रिफ गरिसकेको दासानायकेले बताए । त्यस्तै ड्वेन स्मिथ पनि चाँडै यहाँको अवस्थासँग फिट हुने उनले बताए । इपिएलका लागि खेलाडीहरु मार्च १२र१३ सम्ममा नेपाल आइपुग्ने उनले जानकारी दिए । ६ टिम सहभागी हुने इपिएलमा पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स रहेका छन् ।

मिलिन्डा सिरिवर्धना : बायाँ हाते ब्याट्सम्यान र स्पिनर सिरिवर्धना २०१५ मा पाकिस्तानविरुद्द ओडिआई र टि–२० डेब्यू गरेका थिए । त्यही वर्ष उनले वेस्टइन्डिजसँगको खेलमा टेस्ट डेब्यु गरेका थिए । पाँच वटा टेस्ट खेलेका उनले ३३ दशमलव ११ को औषतमा २९८ रन बनाएका छन् । त्यस्तै एकदिवसीयमा २७ खेल खेलेर ५ सय १६ रन बनाएका छन् ।

बिलाल खान : बिलाल खान ओमनी टिमका बायाँ हाते फास्ट मिडियम स्विङ बलर हुन् । केही हप्ताअघि काठमाडौंमा सम्पन्न अमेरिका, नेपाल र ओमनसम्मिलित लिग २ अन्तर्गतको सिरिजमा १८ विकेट लिँदै सर्वा्धिक विकेट लिने खेलाडी बनेका थिए । पाकिस्तानमा जन्मिएका उनले ओमनबाट टी २० मा डेब्यू सन् २०१५ मा हङकङसँगको खेलमा गरेका थिए । उक्त सिरिजमै ७ विकेट लिँदै सर्वा्धिक विकेट लिने खेलाडी बनेका थिए । सन् २०१८ यता उनले लगातार ओमनी टिमबाट खेल्दै आएका छन् ।

जीवन मेन्डिस : श्रीलंकन अलराउन्डर जीवन मेन्डिस भैरहवाले भित्र्याएको अर्को ठूलो नाम हो। सन् २०१० मा जिम्वावेसँगको खेलमा ओडिआइ डेब्यू गरेका मेन्डिसले श्रीलंकाबाट टि–२० विश्वकप २०१२ र २०१५ मा विश्वकपमा समेत प्रतिनिधित्व गरिसकेका छन् । त्यस्तै फ्रेन्चाइज लिगहरुमा तमिल युनियन, सिड्नी सिक्सर्स, देल्ली डेयरडेबिल्स, बार्बाडोस ट्रिडेन्ट लगायतका टिमहरुबाट खेलिसकेका छन्।

ड्वाने स्मिथ : ३६ वर्षीय स्मिथ यसपटक इपिएलमा भैरहवा ग्लाडियटर्सबाट खेल्दैछन्। वेस्टइन्डिजका अलराउन्डर उनी दायाँ हाते ब्याट्सम्यान र बलिङमा राइट आर्म मिडियम बलर हुन्। सन् २००२ मा वेस्टइन्डिजको साउथ अफ्रिका भ्रमणका क्रममा डेब्यू खेलमै शतक बनाएर उनले चर्चा बटुलेका थिए। छोटो फर्म्याटको खेलमा पनि उनले राम्रो प्रदर्शन रहँदै आएको छ । आइपिएलमा पनि उनले चेन्नाइ सुपर किंग्स, गुजरात लायन्स र मुम्बई इन्डियन्सबाट खेलिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार