ताजा अपडेट »

गुगलमा खोज्नै नहुने यस्ता कुरा

आइतबार, ११ फागुन २०७६, ११ : १८
6 Shares

हिजोआज सानोतिनो समस्या र नयाँ कुराको खोजी हुनेवित्तिकै गुगलमा त्यसबारे खोजी गर्ने क्रम बढ्दो छ । तर गुगुलमा खोज्नै नहुने त्यस्ता तीन कुरा छन् जसले तपाई हाम्रो जीवन निराशामा पुर्‍याउनेदेखि पछुतो हुने अवस्थासम्म सृजना गर्न सक्छ ।

१. स्वास्थ्यबारे

तपाईंको स्वास्थ्य ठीक छैन । त्यसका केही लक्षण छन् । र, ती लक्षणको आधारमा आफूलाई के भएको हो भनेर जान्ने कौतुहलताका साथ गुगलमा खोज्न थाल्दा समस्या आउँन सक्छ । यदि गुगलमा तपाईंले ती लक्षणबारे लेख्नुभयो भने गुगलले ज्यान लिने बिमारी नै भनिदिने सम्भावनालाई पनि नकार्न सकिन्न । यसले बिनासित्तीमा आफैंलाई तनाव सृजना हुन्छ । यसर्थ स्वास्थ्यका बिषयमा गुगललाई हैन डाक्टलाई सोध्नु नै हितकर हुन्छ ।

२. बम बनाउने तरिका

गुगलमा बिर्सेर पनि बम बनाउने तरिकाबारे सर्च नगर्नोस् । जब तपाईं बम बनाउने तरिका या यससँग कुनै प्रश्न गुगलमा टाइप गर्नुहुन्छ, त्यतिबेला गुगलले तपाईंको आइपी एड्रेस सुरक्षा एजेन्जीलाई पठाउँछ । ततपश्चात तपाई प्रहरीको फन्दामा पर्नुहुन्छ । बेकारमा पछुतो हुने काम नगरेकै राम्रो ।

३. आत्महत्या गर्ने तरिका

यदि आत्महत्या गर्ने तरिकाबारे पनि तपाईं गुगल गर्नुहन्छ भने, गुगलले तपाईंलाई एक हेल्पलाइन नम्बर दिनेछ । उक्त नम्बरमा तपाईंले कल गर्नुहुन्छ, जुन एक काउन्सुलरसँग कनेक्ट हुन्छ । उसले तपाईंलाई सम्झाउने कोसिस गर्छ । यस्तै, तपाईंलाई दिएको हेल्पलाइन नम्बरप्रति बेवास्ता गर्दै अन्य नतिजामा जानुहुन्छ भने त्यहाँ कुनै त्यस्तो लेख भेटिने छैन, जसले तपाईंलाई आत्महत्या गर्न सिकाओस् । तर, केही जानी भेटिइहाल्यो भने पनि तपाईंलाई आत्महत्या गर्ने तरिकाबारेभन्दा पनि यस्तो नगर्ने सुझाव दिइएको हुनेछ ।-खबरहब

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।