ताजा अपडेट »

लुम्बिनीमा ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५' सुरु, मुख्यमन्त्री आचार्यले गरे उद्घाटन

बुधबार, १० बैशाख २०८२, २३ : ४६
30 Shares
बुधबार, १० बैशाख २०८२
30 Shares

लुम्बिनी ।  ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’  लुम्बिनीमा सुरु भएको छ ।  बुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री  चेतनारायण आचार्यले सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी केवल ऐतिहासिक र पुरातात्त्विक स्थल नभई विश्व शान्तिको सन्देश फैलाउने पवित्र भूमि भएको बताएका छन्।

उनले लुम्बिनीको संरक्षण, प्रचारप्रसार र दिगो विकासका लागि सबै तहका सरकार, सरोकार भएका र अन्तर्राष्ट्रिय समुदायबिच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै “बुद्ध जन्मभूमि लुम्बिनीलाई अध्यात्म, अनुसन्धान, पर्यटन र अन्तर्राष्ट्रिय शान्तिको केन्द्र बनाउनु सरकारको साझा जिम्मेवारी रहेकाे बताएका छन् । उनले लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन सबैले हातेमालो गर्नुपर्ने पनि बताए ।”

लुम्बिनी विकास कोषको आयोजना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, युनेस्को काठमाडौँ र आइकोमोस नेपालको प्राविधिक सहयोगमा सम्मेलन आयोजना गरिएको हो ।

सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा बुद्धको जन्म इसा पूर्व ६२३ मा भएको ऐतिहासिक प्रमाण अशोक स्तम्भमा उल्लेख छ । सम्मेलनमा लुम्बिनीको पुरातात्त्विक महत्त्व, संरक्षण, अनुसन्धान र तीर्थयात्रासम्बन्धी विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यपालिका छ ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले लुम्बिनीको संरक्षण र प्रवर्द्धनमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ । सम्मेलनले निकालेको निष्कर्षलाई तीन तहका सरकारले कार्यान्वयन र साझा योजना निर्माण गर्नुपर्नेमा उद्घाटन सत्रका वक्ताहरूले जोड दिइएका छन् ।
---

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।