ताजा अपडेट »

कोटिहोम विराट्ज्ञान महायज्ञको प्रचारप्रसार गर्नका लागि साइकल र्याली

बुधबार, १० बैशाख २०८२, १४ : ३१
34 Shares
बुधबार, १० बैशाख २०८२
34 Shares

पोखरा । पोखरा महानगरपालिका वडानं १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटिहोम विराट्ज्ञान महायज्ञको प्रचारप्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन मानव सेवा फाउण्डेशनले यहि बैशाख ११ गते विहान ७ बजे साइकल र्याली गर्ने भएको छ।

बिरौटा कोटीहोम स्थलबाट शुरु भएको साईकल र्याली ड्यामसाईड-लेकसाइड हुँदै हल्लनचोक-जिरो किलोमिटर-मालेपाटन-बाग्लुङ्ग बसपार्क हुँदै बिन्दवासिनी मन्दिर-भैरवटोल-नालामुख-तेश्रा पट्टी हुँदै महेन्दपुल-चिप्ले ढुङ्गा हुदैन्यूरोड-सभा गृहचोक हुँदै पृथ्वीचोक-नागढुङ्गा-पुरानो एयरपोर्ट तथा पार्दी हुँदै पुन कोटीहोम स्थल विरौटामा गइ समापन हुने मानव सेवा फाउण्डेशनले जनाएको छ।

स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवर्द्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने, साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न र यसका माध्यमबाट पोखरा भ्रमण बर्ष २०२५ को विकासमा टेवा पुर्याउन साइकल र्याली फलदायी हुने महायज्ञका संकल्प कर्ता विजय कृष्णमुर्ति महाराजले बताए । 

उनले सम्पूर्ण पोखरेलीबासीहरुलाई उक्त साइकल र्यालीमा सहाभागीताको लागी हार्दिक निमन्त्रणा गर्दै अनुरोध समेत गरे । फाउण्डेशनले यही बैशाख १२ गते मोटसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली गर्दै बैशाख १६ गते बृहत कशल यात्रा समेत गर्ने भएको छ।

WhatsApp Image 2025-04-23 at 11.28.37 AM

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।