ताजा अपडेट »

अर्घाखाँचीमा एकाविहानै जिप दुर्घटना, २ जनाको ज्यान गयो

आइतबार, २४ चैत्र २०८१, ०७ : ३१
378 Shares
आइतबार, २४ चैत्र २०८१
378 Shares

बुटवल । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मालारानी गाउँपालिका–३ मा आज (आइतबार) बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। 

मृत्यु हुनेमा जिप चालक दिलिप खनाल र यात्रु बालकृष्ण रिजाल छन्। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। मालारानी–३ लुटीपोखरीबाट मालारानी–४ खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप दुर्घटनामा परेको हो।  अहिले इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा सात जना प्रहरी टोली मृतक घाइतेको उद्दारमा खटिएका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका खनाल र रिजाललाई जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो। उपचारको क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।  

घाइते दुई जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।