ताजा अपडेट »

चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने राजावादीको घोषणा

विहीबार, १४ चैत्र २०८१, १५ : ३३
102 Shares
विहीबार, १४ चैत्र २०८१
102 Shares

काठमाडौँ । वर्तमान व्यवस्था विरोधी राजावादी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने घोषणा गरेको छ । 

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर समितिका संयोजक नवराज सुवेदीले  सरकारले आफूहरुको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने बताए । 

 उनले चैत १६ गते तीनकुनेमा प्रदर्शन हुने र चैत १६ गते उपत्यकामा घोडेजात्रा पर्व परेकाले कुनै पनि कार्यक्रम नराखिएको बताए ।  तर चैत्र १७ गतेदेखि आन्दोलनका थप कार्यक्रमहरु हुँदै जाने उनको भनाइ छ । ‘आजको मितिले एक हप्ताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत्र २१ गतेदेखि सशक्त बनाउँदै लैजान बाध्य हुनेछौँ। त्यसबाट सृजित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्नेछ’, उनले भने । 

 उनले नवगठित संयुक्त जनआन्दोलन समितिमा ‘जनकमाण्डर’को जिम्मा दुर्गा प्रसाईलाई दिइएको समेत बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।