ताजा अपडेट »

सिरहामा एसइई परीक्षा सुरु भएको पहिलो दिननै प्रश्नपत्र बाहिरियो

विहीबार, ०७ चैत्र २०८१, ११ : २०
190 Shares
विहीबार, ०७ चैत्र २०८१
190 Shares

सिरहा । सिरहामा एसइई शुरु भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको छ। माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको हो ।

केन्द्राध्यक्ष र प्रहरी प्रशासनकै सेटिङमा मोवाईल प्रयोग गरी प्रश्नपत्र वाहिरीएको स्रोतले जनाएको छ। प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन । जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले एसईई परीक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरु खटाएको बताए । उनले भने, ‘पात समेत हल्लिन दिएको छैन, प्रश्नपत्र कसरी बाहिरिएको हो, त्यसबारे अनुसन्धान हुदैँछ।’

परीक्षा मर्यादित बनाउन यसवर्ष परीक्षा केन्द्रहरुमा मोवाइल तथा अन्य चिटिङ गर्ने सामानमा प्रतिबन्ध लगाए तापनि प्रश्नपत्र आउट हुदाँ प्रहरी प्रशासन र केन्द्राध्यक्षहरु कै सेटिङ रहेको पुष्टि गरेको स्थानीयको आरोप छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।