ताजा अपडेट »
महामन्डलेश्वर उपाधी विवाद्

अभिनेत्री ममता कुलकर्णी ‘महामण्डलेश्वर’ बनेपछि किन्नर अखाडामा विवाद्

अखडाका संस्थापकले ममता सहीत उपाधी्दिनेलाइ गरे निश्कासन

शनिबार, १९ माघ २०८१, ०६ : १५
6 Shares
शनिबार, १९ माघ २०८१
6 Shares

बलिउड फिल्म अभिनेत्री ममता कुलकर्णीलाई  महाकुम्मभका अवसरमा महामण्डलेश्वर बनाएपछि किन्नर अखाडामा झगडा सुरु भएको छ। अखाडाका सन्तहरूले आपत्ति जनाएपछि अखाडाका संस्थापक ऋषि अजय दासले किन्नर अखाडाका आचार्य महामण्डलेश्वर लक्ष्मी नारायण त्रिपाठीका साथै ममतालाई एक विज्ञप्ति जारी गर्दै पदबाट हटाएका छन्। 

ग्ल्यामर क्षेत्रकी ममतालाई एकैचोटि महामण्डलेश्वर बनाउँदा धर्म-संस्कार रीतिथिति बिग्रिने टिप्पणी गर्दै उनले ममतालाई पदबाट हटाउन बाध्य भएको बताएका हुन्। ९० काे दशकमा ममता बलिउड इन्डष्ट्रिजमा ग्लमर हिराेइनका रूपमा चर्चित थिइन भने  उनी डी कम्पनी संग नाम जाेडीएसंगै बलिउड दुनीयाबाट समेत लामाे समय देखि  टढा थिइन ।

उता आचार्य महामण्डलेश्वर लक्ष्मी नारायण त्रिपाठीले भने अजय दासलाई पहिले नै किन्नर अखाडाबाट निष्कासित गरीएकाे बताउदै उनले कुन हैसियतमा कारबाही गर्न सक्छन् भनी प्रश्न गरेका छन्।  अभिनेत्री ममता कुलकर्णीलाई महामण्डलेश्वरको उपाधि दिएपछि आचार्य लक्ष्मी नारायणलाई कारबाही गर्ने तयारी भइरहेको थियो।

अभिनेत्री महामण्डलेश्वर बनाउने विषयमा किन्नर अखाडा भित्र विरोध सुरु भएको थियो। यस विषयमा किन्नर अखाडाका संस्थापक अजय दास र आचार्य महामण्डलेश्वर डा लक्ष्मी नारायण त्रिपाठी आमनेसामने भए।  यसैबीच अजय दासले लक्ष्मी नारायण र ममतालाई दुवैलाई पदबाट हटाएका हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।