ताजा अपडेट »

बाख्रा चराउन गएका दुई किशोरी सिस्ने ओढारमा मृत फेला

आइतबार, १३ माघ २०८१, ०८ : १३
292 Shares
आइतबार, १३ माघ २०८१
292 Shares

अछाम । अछामको ढकारी गाउँपालिका(१ मा दुई किशोरीको शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ढकारी गाउँपालिका–८ की १४ वर्षीया ईश्वरी खड्का र १४ वर्षीया सरस्वती खड्का मृत अवस्थामा भेटिएका हुन। 

उनीहरु नातामा फुपूभदै रहेका आफन्तले बताएका छन्। ढकारी गाउँपालिका–१ स्थित  उनीहरुको शव फेला परेको प्रहरी निरीक्षक टेक बहादुर देउवाले बताए। 

शुक्रबार बिहान ११ बजे उनीहरु घरबाट बाख्रा चराउन जंगलतिर गएका थिए। बेलुकासम्म घर नफर्केपछि आफन्तले खोजी गरेका थिए। शनिबार बेलुका उनीहरुले दुवै किशोरीको शव फेला पारेका हुन। 

प्रहरीलाई बेलुकी ७ बजे खबर आएको थियो। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारी घटनास्थलमा पुगेका छन्। घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुको मृत्युको कारण खुलेको छैन। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।