ताजा अपडेट »

भ्रमात्मक विज्ञापनको नियमन गर्ने स्वास्थ्य मन्त्रालयलाई अनुरोध

शुक्रबार, २६ पुस २०८१, ०९ : १५
10 Shares
शुक्रबार, २६ पुस २०८१
10 Shares

काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुले आयुर्वेद चिकित्सासम्बन्धि भ्रमात्मक विज्ञापनको नियमन गर्ने स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ।  आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त निर्देशक डा श्यामबाबु यादवले सातै प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई एक पत्र पठाउँदै उक्त अनुरोध गरेका हुन्।

विभिन्न सञ्चार माध्यमहरूमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी निजी स्वास्थ्य संस्थाहरूले जडीबुटी, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी निजी स्वास्थ्य संस्थाहरूले जडीबुटी, आयुर्वेद, प्राकृतिक अकुपञ्चर, होमियोप्याथिक इत्यादि नाममा भ्रमात्मक विज्ञापन गराइरहेको भन्ने व्यापक जनगुनासो रहेको भन्दै विभागले मन्त्रालयलाई पत्र पठाएको उल्लेख छ। 

भ्रमात्मक विज्ञापनले जनस्वास्थ्य तथा आयुर्वेद सेवाप्रति नै नकारात्मक प्रभाव पर्न जाने हुँदा जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ (२) बमोजिम मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचारप्रसार नपाइने व्यवस्था रहेको उल्लेख गरिएको छ। 

'सम्बन्धित कार्यालयबाट सञ्चालन स्वीकृति प्रदान गरिएका स्वास्थ्य संस्थाहरूमा भइरहेको भ्रमपूर्ण विज्ञापनको सम्बन्धमा सम्बन्धित प्रादेशिक आयुर्वेद चिकित्सा, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र आवश्यक नियन्त्रण र नियमन गर्ने साथै यदि सूचना प्रवाह गर्नुपर्ने भएमा स्वीकृति दिने कार्यालयको सिफारिसमा मात्रै व्यवस्था मिलाउन हुन अनुरोध छ,' पत्रमा भनिएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।