ताजा अपडेट »

रविको मुद्दामा थुनछेक आदेश लेखिँदै, अदालत परिसरमा रास्वपाका नेता

विहीबार, २५ पुस २०८१, १६ : ४०
136 Shares
विहीबार, २५ पुस २०८१
136 Shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा थुनछेक आदेश तयार भइरहेको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालसमा सरकारी वकिलको जवाफी बहस सकिएसँगै थुनछेक आदेश लेखन भइरहेको हो।

आदेश तयार भइरहेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए। उनका अनुसार आजै थुनछेक आदेश जारी हुनेछ।

अदालतले आदेश तयार गर्दैगर्दा जिल्ला अदालत कास्की परिसरमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। अदालत परिसरमा रास्वपा कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनीष झा, सांसद विराजभक्त महर्जन, विराजभक्त महर्जन, हरि ढकाल, शिव नेपाली, विनिता कठायत लगायतका नेताहरु छन्। रवि लगायत प्रतिवादीलाई जिल्ला अदालतको थुनुवा विश्राम कक्ष राखिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।