ताजा अपडेट »

बिभिन्न मुद्धाका ५ जना फरार प्रतिवादीहरू पक्राउ

विहीबार, १८ पुस २०८१, २२ : ०९
242 Shares
विहीबार, १८ पुस २०८१
242 Shares

भैरहवा, सम्मानित अदालतबाट विभिन्न मितिमा पारित फैसलाका आधारमा फरार रहेका ५ जना प्रतिवादीहरूलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। उक्त प्रतिवादीहरूलाई रुपन्देहीका विभिन्न प्रहरी इकाईहरूबाट खटिएको टोलीले पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा पेस गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई कैद र जरिवाना भुक्तानको लागि अदालतमा  पेस गरिएको हो ।

प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय मार्चवर रुपन्देहीले २०६६।०९।१६ को फैसला बमोजिम लुटपाट मुद्दामा हाल सम्म फरार रहेका  मर्चवारी गाउँपालिका वडा नं. ३ बस्ने फरार प्रतिवादी बैजनाथ मुराव,  २०६८।०९।१९ को फैसला बमोजिम अंशबन्डा मुद्दामा हाल सम्म फरार रहेका  मर्चवारी गाउँपालिका वडा नं. ३ बस्ने फरार प्रतिवादी राजेन्द्र यादव लाई गिरफ्तार गरी अदालतमा पेस गरेको छ । 

त्यस्तै  इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले  २०४९।१०।२१ को फैसला बमोजिम राँगा चोरी मुद्दामा हाल सम्म फरार रहेका फरार प्रतिवादी कञ्चन गाउँपालिका वडा नं. २ बस्ने चन्द्र बहादुर पुन मगर, २०४९।१०।२१ कै फैसला बमोजिम राँगा चोरी मुद्दामा हाल सममै फरार रहेका सैनामैना नगरपालिका वडा नं. १० बस्ने  फरार प्रतिवादी कमल बहादुर पुन लाई गिरफ्तार गरी अदालतमा पेुस गरेको जनाएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय मझगवा रुपन्देहीले २०७८।०८।१४ को फैसला बमोजिम जालसाजी मुद्दामा फरार रहेका फरार प्रतिवादी  कोटहीमाई गाउँपालिका वडा नं. ६ का निवासी राम अवध कुर्मी लाई गिरफ्तार गरी अदालतमा पेस गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उल्लेख गरे अनुसार यी फरार प्रतिवादीहरूलाई पक्राउ गरेर न्यायालयमा पेस गरिएको र अब उनीहरूलाई कैद तथा जरिवाना  भुक्तानकालागि पेस गरीएकाे जिप्रका रुपन्देहीका  सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन्।

462555333_632868482501057_5958984007573346146_n

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।