ताजा अपडेट »

पाल्पामा भारतीय नम्बरको स्कर्पियो दुर्घटना, ६ जना घाइते

बुधबार, १७ पुस २०८१, २१ : २८
1.56K Shares
बुधबार, १७ पुस २०८१
1.56K Shares

पाल्पा ।  पाल्पामा बुधवार साँझ भारतीय स्कर्पियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पोखराबाट बुटवलतर्फ जाँदै गरेको बिआर २२ विडी २०२३ नम्बरको भारतीय नम्बर प्लेटको स्कर्पियो बगनासकाली गाउँपालिका ३ आर्यभन्ज्याङ नजिक सिद्धार्थ राजमार्गमा आज बेलुकी ७ बजे दुर्घटना भएको हो।

 घाइते अधिकांश भारतको बिहार प्रदेश मोतिहारीका रहेका घटनास्थल पुगेका जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक रामप्रसाद खनालले बताए।

 सबैको उपचार लुम्बिनी मेडिकल कलेजमा भइरहेको छ। घुम्ती सडकमा गति तीव्र भएर दुर्घटना भएको हुनसक्ने उनले बताए। गाडी सडकभन्दा १५० मिटर तल खोलामा खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।