ताजा अपडेट »

प्रतितोला ११ सय रुपैयाँ बढ्यो सुनको भाउ

आइतबार, ०७ पुस २०८१, ११ : ०५
178 Shares
आइतबार, ०७ पुस २०८१
178 Shares

काठमाडौँ । नेपाली बजारमा आज  सुन–चाँदीको भाउ बढेको छ। सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार एक हजार सात सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।