ताजा अपडेट »

बर्दघाटबाट बुटवल आउँदै बस दुर्घटना, २२ जना घाइते, ६ को अवस्था गम्भीर

शुक्रबार, ०५ पुस २०८१, २१ : ००
4.64K Shares
शुक्रबार, ०५ पुस २०८१
4.64K Shares

 


बुटवल । नवलपरासीको सुनवल नगरपालिका–७ अलकत्रे डाँडामा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छ्न्।

पश्चिम नवलपरासीको बर्दघाटबाट बुटवल आउँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक एकापसमा ठक्कर खाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए।

घाइतेमध्ये ६ जना गम्भीर रहेको र उपचारका लागि रुपन्देहीको भलुही भलुही मेडिकल कलेज लगिएको छ। साइकल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको माइक्रोबस ट्रकसँग ठक्कर खाएको प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।