ताजा अपडेट »

नेपाल प्रहरीका १० डीआईजीको सरुवा, लुम्बिनीमा आए दानबहादुर कार्की

शुक्रबार, २८ मंसिर २०८१, ०७ : ४२
280 Shares
शुक्रबार, २८ मंसिर २०८१
280 Shares

बुटवल । नेपाल प्रहरीका १० जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यरात १० जना डीआईजीको सरुवा सूचना सार्वजनिक गरिएको हो। 

यो निर्णयसँगै नेपाल प्रहरीका ४ वटा प्रदेशका प्रमुख समेत हेरफेर भएका छन्। कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रहरी प्रमुख हेरफेर गरिएको हो। कोसी प्रदेशका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई सीआईबी सरुवा गरिएको छ। विशेष ब्यूरोमा कार्यरत राजन अधिकारीले कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मा पाएका छन्। 

गण्डकी प्रदेश प्रहरी प्रमुख दुर्गा सिंहलाई पनि प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। उनलाई केही दिनमै एआईजीमा बढुवा गर्ने तयारी रहेकाले समन्वय विभागमा ल्याइएको हो। हालै डीआईजीमा बढुवा भएका भोला बहादुर रावलले प्रदेश प्रहरी प्रमुखको जिम्मा पाएका छन्। 

लुम्बिनीमा डीआईजी दानबहादुर कार्कीलाई सरुवा गरिएको छ। यहाँ कार्यरत कुवेर कडायतलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ। उनले अब प्रहरी प्रवक्ताको समेत जिम्मेवारी पाउनेछन्। 

डीआईजी मनोजकुमार केसीलाई भने प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा यथावत राखिएको छ। उनीसँगै डीआईजी बनेका दुवै जनाले प्रदेश प्रमुखको जिम्मा पाएका छन्। सदूरपश्चिमका प्रहरी प्रमुख रविन्द्र केसीलाई विकास निर्देशनालयमा सरुवा गर्दै त्यहाँ हालै बढुवा भएका गणेश चन्दलाई खटाइएको छ। 

यसअघि काजमा खटाइएका लालमणि आचार्य मधेसमा र जनक भट्टराईको कर्णाली प्रदेश प्रहरी प्रमुखमा सरुवा कायम गरिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।