ताजा अपडेट »
एनपिएल-टि २० क्रिकेट

टस जितेर चितवन विरुद्ध बलिङ गर्दै कर्णाली

शुक्रबार, २१ मंसिर २०८१, ०९ : ०९
100 Shares
शुक्रबार, २१ मंसिर २०८१
100 Shares

बुटवल । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगत आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच बीच प्रतिस्पर्धा हुँदै छ । टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर पहिले बलिङ रोजेपछि चितवनले ब्याटिङ गर्दै छ ।

लगातार दुई खेल जितेको चितवनविरुद्ध पहिलो जित निकाल्ने लक्ष्यमा कर्णाली छ । कर्णाली यसअघिका दुवै खेलमा पराजित भएको थियो । 

कर्णाली याक्स प्लेइङ ११ : शिखर धवन, देव खनाल, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा, युनिश सिंह ठकुरी ।

चितवन राइनोज प्लेइङ ११ : दीपक बोहरा, कुशल मल्ल, जान निकोल लफ्टी इटन, रवि बोपारा, लुक बेन्केन्सटेइन, सन्तोष कार्की, शरद भेषावकर, अमर सिंह राउटेला, रिजन ढकाल, रन्जित कुमार, सोहेल तनविर

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।