ताजा अपडेट »
एनिपीएल-टि २० क्रिकेट

आजदेखि प्रथम नेपाल प्रिमियर लिग : उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने

शनिबार, १५ मंसिर २०८१, ०५ : ५७
160 Shares
शनिबार, १५ मंसिर २०८१
160 Shares

बुटवल । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु हुँदै छ । आगामी पौष ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ८ वटा टोलीहरू बिच प्रतिस्पर्धा हुने छ । 

पहिलो दिन आज मध्यान्न १२ः१५ बजे हुने उद्घाटन खेलमा  विराटनगर किङ्स विरुद्ध जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्ने छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगितामा जनकपुर बोल्टस्, विराटनगर किंगस्, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एजेन्जर्स्, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।

मार्की खेलाडीहरू सन्दीप लामिछाने विराटनगर किंगसका क्याप्टेन रहेका छन् भने करन केसी काठमाडौँ गुर्खाज, कुशल मल्ल चितवन राइनोज, कुशल भुर्तेल पोखरा एजेन्जर्स्, रोहित पौडेल लुम्बिनी लायन्स, सोमपाल कामी कर्णाली याक्स तथा सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका क्याप्टेन रहेका छन् । जनकपुर बोल्ट्समा आसिफ शेख मार्की प्लेयरका रूपमा रहेतापनि जनकपुर बोल्ट्सले अनिल साहलाई क्याप्टेन चयन गरेको छ । 

लिग चरणका खेलहरू पुस १ गते सम्म सञ्चालन हुनेछ । लिग चरणमा कुल २८ खेल हुनेछ । लिग चरणका खेल १७ दिनमा सकिनेछ । लिग चरणमा दुई दिन विश्राम, दुई दिन एउटा खेल र बाँकी दिन २ खेल हुनेछन् । लिग चरणपछि एलिमिनेटेर, क्वालिफायर १ र २ तथा पुस ६ गते फाइनल खेल हुनेछ। एनपिएलमा कुल ३२ खेल हुनेछन्।

लिग चरणको खेल तालिका

मिति खेल समय
मंसिर १५ गते शनिवार विराटनगर किङ्स विरुद्ध जनकपुर बोल्ट्स मध्यान्ह १२ः१५ बजे
मंसिर १६ गते आइतबार  विश्राम  
मंसिर १७ गते सोमवार काठमाडौं गुर्खाज विरुद्ध चितवन राइनोज बिहान ९ः१५ बजे
  जनकपुर बोल्ट्स विरुद्ध कर्णाली याक्स दिउँसो १ः१५ बजे
मंसिर १८ गते मंगलवार सुदूरपश्चिम रोयल्स विरुद्ध विराटनगर किङ्स बिहान ९ः१५ बजे
  चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्स दिउँसो १ः१५ बजे
मंसिर १९ गते बुधवार कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाज बिहान ९ः१५ बजे
  विराटनगर किङ्स विरुद्ध लुम्बिनी लायन्स दिउँसो १ः१५ बजे
मंसिर २० गते बिहीवार पोखरा एभेन्जर्स विरुद्ध जनकपुर बोल्ट्स बिहान ९ः१५ बजे
  काठमाडौं गुर्खाज विरुद्ध सुदूरपश्चिम रोयल्स दिउँसो १ः१५बजे
मंसिर २१ गते शुक्रवार कर्णाली याक्स विरुद्ध चितवन राइनोज बिहान ९ः१५ बजे
  लुम्बिनी लायन्स विरुद्ध पोखरा एभेन्जर्स दिउसो १ः१५ बजे
मंसिर २२ गते शनिवार लुम्बिनी लायन्स विरुद्ध सुदूरपश्चिम बिहान ९ः१५ बजे
  कर्णाली याक्स विरुद्ध विराटनगर किङ्स दिउसो १ः१५ बजे
मंसिर २३ गते आइतवार जनकपुर बोल्ट्स विरुद्ध लुम्बिनी लायन्स बिहान ९ः१५ बजे
  सुदूरपश्चिम रोयल्स विरुद्ध चितवन राइनोज दिउँसो १ः१५ बजे
मंसिर २५ गते मंगलवार चितवन राइनोज विरुद्ध लुम्बिनी लायन्स बिहान ९ः१५ बजे
  कर्णाली याक्स विरुद्ध पोखरा एभेन्जर्स दिउँसो १ः१५ बजे
मंसिर २६ गते बुधवार जनकपुर बोल्ट्स विरुद्ध सुदूरपश्चिम रोयल्स बिहान ९ः१५ बजे
  काठमाडौं गुर्खाज विरुद्ध लुम्बिनी लायन्स दिउँसो १ः१५ बजे
मंसिर २७ गते बिहीवार पोखरा एभेन्जर्स विरुद्ध विराटनगर किङ्स बिहान ९ः१५ बजे
  जनकपुर बोल्ट्स विरुद्ध काठमाडौं गुर्खाज दिउँसो १ः१५ बजे
मंसिर २८ गते शुक्रवार लुम्बिनी लायन्स विरुद्ध कर्णाली याक्स बिहान ९ः१५ बजे
  विराटनगर किङ्स विरुद्ध चितवन राइनोज दिउँसो १ः१५ बजे
मंसिर २९ गते शनिवार पोखरा एभेन्जर्स विरुद्ध काठमाडौ गुर्खाज बिहान ९ः१५ बजे
  चितवन राइनोज विरुद्ध जनकपुर बोल्ट्स दिउँसो १ः१५ बजे
मंसिर ३० गते आइतवार विराटनगर किङ्स विरुद्ध काठमाडौं गुर्खाज बिहान ९ः१५ बजे
  पोखरा एभेन्जर्स विरुद्ध सुदूरपश्चिम रोयल्स दिउसो १ः१५ बजे
पुस १ गते सोमवार सुदूरपश्चिम रोयल्स विरुद्ध कर्णाली याक्स बिहान ९ः१५ बजे

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।