ताजा अपडेट »

लियो क्लव अफ भलवारीकाे कानूनी सचेतना अभिमुखीकरण

शुक्रबार, १४ मंसिर २०८१, २१ : ३५
48 Shares
शुक्रबार, १४ मंसिर २०८१
48 Shares

तिलोत्तमा। लियो क्लब अफ भलवारीले साप्ताहिक कानुनी सचेतना अभिमुखीकरण कार्यक्रम सुसम्पन्न गरेको छ  । विद्यालयका विद्यार्थीहरूलाई कानुनी अधिकार र लैङ्गिक हिंसा विरुद्धको सचेतना प्रदान गर्न कार्यक्रम महत्त्वपूर्ण भूमिका रहेको क्लबले जनाएको छ। कार्यक्रम विशेष रूपमा लैङ्गिक हिंसा विरोधी अभियानको एक भागको रूपमा आयोजना गरिएको हो । कार्यक्रम १६ दिने लैङ्गिक हिंसा विरोधी नारालाई मध्यनजर राखेर  सञ्चालन गरिएको थियो।

कार्यक्रम मुख्य रूपमा विद्यालयका विद्यार्थीहरूलाई कानुनी सचेतना कानुनी अधिकार, जिम्मेवारी र विभिन्न कानुनी प्रावधानहरूको बारेमा सचेत बनाउने र लैङ्गिक हिंसाका विभिन्न प्रकारहरूको बारेमा जानकारी दिने उद्देश्यले तयार पारिएको थियो।

कार्यक्रमले विद्यार्थीहरूलाई कानुनी दृष्टिकोणबाट लैङ्गिक हिंसा विरुद्ध सचेत बनाउनुका साथै उनीहरूको कानुनी अधिकार र सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको थियो। विद्यार्थीहरूले आफ्नो अधिकार र कर्तव्यको बारेमा बुझाउनुका साथै उनीहरूलाई लैङ्गिक हिंसाका घटनामा कुनै पनि प्रकारको सहकार्य नगर्न र तिनीहरूको संरक्षणको लागि कदम चाल्न प्रेरित गर्ने उद्देश्य राखिएको तियो।

विद्यार्थीहरूलाई मुख्यतया: कानुनी अधिकार र कर्तव्यहरू,  अपराध र सजायहरूको बारेमा शिक्षा, महिला र बालबालिकाका अधिकार, लैङ्गिक हिंसा  तथा विभिन्न कानुनी समस्याहरूको समाधानका उपायहरू बारे जानकारी दिइएको थियो ।

कार्यक्रममा स्नातक स्तरमा कानुन अध्ययनरत विद्यार्थी प्रशिक्षक वक्ता को रूपमा सहभागी रहेका थिए जसमा लियो अप्सरा कुँवर, लियो अमित कुमार गौण र लियो अनिशा पन्थ रहेका थिए ।  कार्यक्रम सहजकर्ता को रूपमा लियो गणेश शर्मा र लियो दिलीप यादव रहेको क्लबका सचिव मधु पौडेल ले जानकारी गराए  ।
कार्यक्रम खास गरी  कानुनी प्रवचन, समूह चर्चा र बहस र कानुनी मार्गदर्शन गरी तीन चरणमा विभाजन गरिएको तियो । एक साता लामो यो कार्यक्रममा सिद्धार्थ नगरपालिका अन्तर्गत पर्ने सामुदायिक र संस्थागत विद्यालयहरूका विद्यार्थीहरू सहभागी थिए ।

कार्यक्रमको समापन समारोहमा सहभागी विद्यार्थीहरूले कार्यक्रमका प्रमुख सत्रहरूको बारेमा समीक्षा गर्नुका साथै आफूहरूले प्राप्त गरेको जानकारीलाई अन्य साथीहरू र समुदायमा फैलाउने प्रतिज्ञा समेत गरेका थिए। 

कार्यक्रमले विद्यार्थीहरूमा लैङ्गिक हिंसा विरुद्धको चेतना वृद्धि गरेको तथा कानुनी अधिकारहरूको संरक्षणमा योगदान पुर्‍याएको क्लवले विश्वास लिएकाे छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।