ताजा अपडेट »

बुटवलको सिंह कम्प्लेक्समा फ्रेन्ड्स सिनेमा सञ्चालन

विहीबार, १३ मंसिर २०८१, २० : १२
346 Shares
विहीबार, १३ मंसिर २०८१
346 Shares

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा फ्रेन्ड्स सिनेमा सञ्चालनमा आएको छ । तीन जना युवाहरुले रोयल सिने हब प्रालिद्वारा फ्रेन्डस सिनेमा सञ्चालनमा ल्याएका हुन । शुक्रबारदेखि हल औपचारिक रुपमा सञ्चालन हुने भएको हो ।

३ वर्षअघि धरानबाट फिल्म उद्योगलाई प्रमोट गर्ने उद्देश्यका साथ लागेको प्रदिप धामी, पुष्कर घिमिरे र आशिष तामाङ गरि ३ जना साथीहरु मिलेर रोयल सिने हब प्रालि स्थापना गरेका थिए । धरानमा सिनेमा हल सञ्चालन र फिल्म डिष्ट्रिब्युटर व्यवसाय शुरु गरेको यो ग्रुपले बुटवलमा दोस्रो हल सञ्चालनमा ल्याएका हुन ।

रोयल सिने हब प्रालिका सञ्चालक पुष्कर घिमिरेले चेन सिनेमासँगै डिष्टिब्युसनसमेत अघि बढाउने बताए । फर्की-फर्की, कुश्मा र १२ गाउँ लगायत फिल्म डिष्टिब्युसन गरेको भन्दै उनले उनको स्विटर, बलिदान, फेरि रेशम फिरिरी लगायत फिल्महरु पाइपलाईनमा रहेको बताए ।

नयाँ ब्यवस्थापनमा हल सञ्चालनका लागि प्रोजेक्ट, एसी, सिट क्षमता बढाउने लगायत उपकरणहरुमा करिब १ करोड रुपैया खर्च भएको उनले बताए । हलको २२२ जनाको सिट क्षमता रहेको छ । यसैगरी एसी र साउण्ड गुणस्तरलाई समेत विशेष ब्यवस्था गरिएको छ । मूभि ठेयटरलाई उपयोगी हुने हलको साउण्ड डल्बी साउण्डको रहेको छ ।

बिहानी शो न्यून र दिवा सो (मंगलबार र बुधबार) न्यून शुल्क राखिने उनले बताए । भ्यू सिनेमा पेज नै अब फ्रेण्डस सिनेमाबाट संचालन हुने उनले बताए ।

तल्लो र माथिल्लो तलामा गरि दुवै स्थानमा बक्स अफिस राखिने उनले बताए । उद्घाटनको पहिलो हप्ता हुँदा दर्शकहरुलाई रु १५० को टिकट शुल्क राखिएको उनले बताए । दैनिक पाँच देखि ६ शो चलाउने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।