ताजा अपडेट »

बयानको लागि रविलाई आज पनि सरकारी वकिलको कार्यालय रुपन्देहीमा लगियो

विहीबार, २९ कार्तिक २०८१, ११ : ०८
102 Shares
विहीबार, २९ कार्तिक २०८१
102 Shares

बुटवल । पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज तेस्रो दिनको बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइको छ । 

जिल्ला प्रहरी कार्यालयबाट बयानका लागि  वकिलको कार्यालयमा ल्याएको हो । बुटवलस्थित सुपिम सहकारी ठगी प्रकरणमा बयानका लागि लामिछानेलाई कास्कीबाट मंगलबार रुपन्देही ल्याएको थियो ।

यसअघि मंगलबार र बुधबार उनीसँग बयान लिइएको थियो । आज बयान सक्ने योजना रहेको प्रहरीले जनाएको छ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। सोही आधारमा अनुसन्धान अघि बढेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।