ताजा अपडेट »

दीपक मनाङे डिल्लीबजार कारागार चलान

मंगलबार, २७ कार्तिक २०८१, १५ : २७
104 Shares
मंगलबार, २७ कार्तिक २०८१
104 Shares

काठमाडौं । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई डिल्लीबजार कारागारमा राखिने भएको छ ।

आज बिहान स्वयम्भू, सानोभर्‍याङस्थित कम्फोर्ट हाउजिङबाट सीआईबीको टोलीले उनलाई पक्राउ गरेको थियो ।

०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्न मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले ५ वर्ष कैद सजाय तोकेको थियो । उक्त फैसलालाई यही कात्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो ।

मनाङेले २८ महिना कैद भुक्तान गर्नुपर्ने छ । उनलाई भएको ५ वर्षको सजायमध्ये दुईपटक गरेर ३२ महिना जेल बसिसकेका छन् । सुरूमा जिल्ला अदालतले गरेको २ वर्षको सजया उनी काटेर मात्र छुटेका थिए ।

तर, उच्च अदालत पाटनले ५ वर्ष सजाय गरेपछि मनाङ्गे पुनस् पक्राउ परेका थिए । त्यतिबेला उनी ८ महिना डिल्लीबजार कारागार बसेका थिए । सर्वोच्च अदालतमा उनको पुनरावेदन दर्ता गर्ने आदेशपछि मनाङे धरौटीबापतको रकम बुझाएर छुटेका थिए ।

सोही फैसला कार्यान्वयनका लागि प्रहरीले मनाङेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।