ताजा अपडेट »

दोभानमा जारी सेभेन ए साइड फुटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा अन्तिम दुई खेल हुँदै

आइतबार, ११ कार्तिक २०८१, ०९ : १६
86 Shares
आइतबार, ११ कार्तिक २०८१
86 Shares

तिनाउ । दोभान फुटबल क्लबद्वारा आयोजित सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज आइतबार क्वाटरफाइलनका अन्तिम २ खेल हुँदै छन् । क्लबको खेल मैदान दोभान–२ मा जारी प्रतियोगितामा शनिबारको खेलबाट २ समुह सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताका संयोजक सुनि श्रेष्ठका अनुसार चपरहत्ती एफसी बुटवल र नवजीवन एफसी बुटवल सेमिफाइनलमा प्रवेश गरेका छन् । चपरहत्तीले न्यु ब्वईज एफसी तानसेनलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा यात्रा पक्का गरेको हो । उक्त प्रतियोगितामा चपरहत्तीका बिक्रम राना म्याद अफ दी म्याच घोषित भए । यसैगरी नवजीवनले भने ट्राइवेकरमा युनाइटेड एफसी (बी) पाल्पालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलनको निर्धारित समयमा दुबैतर्फबाट समान १–१ गो भएको थियो । नवजीवनका विवेक क्षेत्री म्याद अफ दी म्याच घोषित भए ।

तिनाउ गाउँपालिकासहित विभिन्न सामाजिक तथा व्यवसायिक संघ संस्थाको आर्थिक सहयोगमा जारी प्रतियोगितामा २९ समुहको सहभागिता रहेको छ । उपाधिका लागि अन्तिम खेल यही कार्तिक १३ गते हुने आयोजकले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।