ताजा अपडेट »

शक्ति गौचन एनपीएलमा लुम्बिनीका लागि कन्सल्टेन्ट प्रशिक्षक नियुक्त

शनिबार, १९ असोज २०८१, २२ : २९
190 Shares
शनिबार, १९ असोज २०८१
190 Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी शक्ति गौचन नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सका लागि कन्सल्टेन्ट प्रशिक्षकमा नियुक्त भएका छन् ।  लुम्बिनी लायन्सका‌ मालिक इश्वर जिसी र गौचनले शनिवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतालाई एक वर्षको रहेको र भविष्यमा पनि निरन्तरता पाउने बताइएको छ।

एनपिएलको आयोजनाका लागि गौचनले नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिए। उनले लुम्बिनीलाई आफूलाई मौका दिएकोमा धन्यवाद दिँदै टोलीलाई सफलता दिलाउन आफ्नोतर्फबाट शतप्रतिशत दिने बताए । लुम्बिनीका मालिक जिसी गौचनलाई भित्राउन पाउँदा गर्व लागेको बताए । उनले टोली अहिले अक्सनमा केन्द्रित रहेको र मुख्य प्रशिक्षक चाँडै नियुक्त गर्ने बताए।

क्यानका सचिव पारस खड्काले नेपाली‌ क्रिकेटमा गौचनको योगदानलाई आफूले शब्दमा बयान गर्न आवश्यक नरहेको बताए । लुम्बिनीका मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल रहेका छन् । लुम्बिनीको स्वामित्व फर्चुन हेल्थ कियर प्रालिसँग रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । ८ टोलीको मार्की खेलाडीको‌ टुंगो लागिसकेको छ । लिगमा सहभागी रहने नेपाली खेलाडीका लागि आइतवार अक्सन हुने तय भएको छ । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्धन गर्ने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।