ताजा अपडेट »

ओली, देउवा र प्रचण्ड सामुहिक वार्तामा

विहीबार, २७ भदौ २०८१, ११ : २२
210 Shares
विहीबार, २७ भदौ २०८१
210 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेको केही समयपछि कांग्रेस सभापति समेत रहेका देउवा वार्तामा सहभागी हुन पुगेका थिए । 

बिहीबार बिहान करिब साढे १० बजेदेखि ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। ओली र प्रचण्डबीच भेटवार्ता चलिरहँदा करिव २० मिनेटपछि कांग्रेस सभापति देउवा पनि बालुवाटार पुगेका स्रोतले जनाएको छ। 

आज बिहान काठमाडौँको नैकापमा पुगेका प्रचण्ड त्यहाँबाट सिधै ओलीलाई भेट्न बालुवाटारमा पुगेका हुन्। अहिले तीनजना नेताबीच समसामयिक राजनीतिका विषयमा छलफल चरिहेको स्रोतले जनाएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।