ताजा अपडेट »
सुरक्षा/अपराध

काठमाण्डौमा खुकुरी प्रसारबाट एक यूवकको हत्या

विहीबार, १७ साउन २०८१, १२ : ०४
104 Shares
विहीबार, १७ साउन २०८१
104 Shares

काठमाडौं ।  काठमाडौं महानगरपालिका–१७, ढल्को, पोडेटोलकाे २ नम्बर गल्लीमा बुधबार छिमेकी–छिमेकीका बीच भएको विवादले झडपको रुप लिँदा एक जना यूवकको ज्यान गएको छ।  झडपमा खुकुरी प्रहारबाट ३३ वर्षीय अनित पुजारीको ज्यान गएको तथा  घटनामा ६ जना घाइते भएकाे प्रहरीले जनाएको छ।


झडपमा परी वर्ष अन्दाजी ५४ को किरण पुजारी, वर्ष ४९ को दिनेश पुजारी, वर्ष ४२ को माया पुजारी, वर्ष ३९ को विक्रम पुजारी र वर्ष २३ को अमृत पुजारी घाइते भएका छन्। घाइतेहरूको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सात जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सोही ठाउँका अन्दाजी वर्ष १९ को सुजल देउला, वर्ष ३५ को अमृत पुजारी, वर्ष ३४ को सागर देउला, वर्ष ४६ को रबिन्द्र पोडे, वर्ष २९ की कलेनी पुजारी, वर्ष ३५ की टिकामाया पुजारी र वर्ष २२ की सञ्जाली पुजारी रहेका छन्।

धारीलाे हतियार खुकुरीसहित  पक्राउ परेका उनीहरू प्रहरी बृत्त लैनचौर को नियन्त्रणमा रहेका छन । उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी बृत्त लैनचौरलेआवश्यक अनुसन्धान तथा छानबिन गरीरहेकाे प्रहरीले जनाएको छ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।