ताजा अपडेट »
मिस्टर नेपाल २०२४ अडिसन

‘मिस्टर नेपाल–२०२४’ को अडिसन सुरु, बुटवल अडिसन असार २६मा

विहीबार, २० असार २०८१, ०६ : ०९
240 Shares
फाईल फोटो
विहीबार, २० असार २०८१
240 Shares

काठमाडौँ । रियलमी ‘मिस्टर नेपाल २०२४’ को पहिलो चरण (छनौट चरण) को अडिसन पूर्वको झापाबाट सुरु हुने भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले एक विज्ञप्ति जारी गर्दै जुलाई ५ अर्थात (असार २१ गते) झापाबाट प्रतियोगिताको अडिसन सुरु हुन लागेको जनाएको हो । 

आयोजक नेक्स्ट मोडल्सका अनुसार दोस्रो अडिसन जुलाई ६मा विराटनगर, तेस्रो अडिसन जुलाई ७मा जनकपुर, चौथो अडिसन जुलाई ८मा हेटौँडा, पाँचौँ अडिसन जुलाई ९ मा चितवन, छैठौँ अडिसन जुलाई १० मा बुटवल, सातौँ अडिसन जुलाई ११ मा नेपालगन्ज, आठौँ अडिसन जुलाई १२ मा धनगढी, नवौँ अडिसन जुलाई १३ मा पोखरा तथा  दशौँ अडिसन जुलाई २० मा काठमाडौँमा आयोजना गरीनेछ ।

१८ वर्ष देखि ३२ वर्ष ननाघेका युवाहरूले सहभागिता जनाउन सक्ने यो प्रतियोगिताको आवेदन ई सेवा तथा नेक्स्ट मोडल्स नेपालको कार्यालय र सामाजिक सञ्जालबाट समेत प्राप्त गर्न सकिनेछ । देशभर छरिएर रहेका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशैभर अडिसन गर्न लागीएको आयोजक नेक्सट मोडल्स नेपालले जनाएको छ। 

प्रतियोगितामा विश्वका जुनसुकै ठाउमा रहेका ५ फिट ७ इन्च भन्दा माथि उचाइ भएका नेपाली नागरिकले सहभागिता जनाउन पाउनेछन । प्रतियोगिताको शीर्ष विजेताले नगद पुरस्कार तथा विभिन्न उपाहार समेत जित्न सक्नेछन् भने “मिस्टर वर्ल्ड २०२४” वा “मिस्टर ग्लोबल २०२४” मा नेपालको प्रतिनिधित्वको अवसर प्राप्त गर्नेछन ।

छनौट चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ । 
प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।

युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको छ । विगतका विजेताले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारहरु समेत नेपाल भित्र्याउन सफल रहेका भएका छन् । 

यस वर्षको प्रतियोगिता विगतको भन्दा भव्य हुने र त्यसको तयारीमा आफूहरु जुटिसकेको आयोजक नेक्स्ट मोडल्स नेपालले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।