ताजा अपडेट »
बलीउड

भारतीय गायिका अल्का याग्निकलाई न्यूरो संक्रमण, गुम्यो सुन्ने क्षमता

बुधबार, ०५ असार २०८१, ०६ : ४५
198 Shares
बुधबार, ०५ असार २०८१
198 Shares

चर्चित भारतीय गायिका अल्का याग्निक दुर्लभ न्युरो रोगकोे संक्रमणबाट ग्रस्त भएकी छिन । उनले एक पोस्ट गर्दै आफूलाई दुर्लभ सेन्सरी न्युरो रोग लागेको इन्स्टाग्रामार्फत सार्वजनिक गरेकी हुन । यो रोग लागेपछि अल्का याग्निक कान सुन्न नसक्ने अवस्थामा पुगेकी छन । 

अल्काले जुन १७ मा आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक पोस्ट सेयर गर्दै  लेखेकी छन, ‘मेरा सबै फ्यान, साथी, फलोअर्स र शुभचिन्तकहरूका लागिः  केही हप्ताअघि, जब म एक उडानबाट ओर्लिए, मैले महसुस गरें कि मैले केहि सुन्न सकिन । डाक्टरहरूले मलाई दुर्लभ सेन्सरी नर्भ श्रवणशक्ति भएको पत्ता लगाएका छन । अचानक भएको यो घटनाले मलाई स्तब्ध बनाएको छ ।’

सोही कारण केही समयदेखि आफु हराएको समेत उनको भनाइ छ । साथै यस घटनालाई स्वीकार गरेर आफु छिट्टै फर्किने समेत उनको विश्वास छ । ‘म फेरि छिट्टै तपाईंहरूसामु आउन चाहन्छु । यस नाजुक अवसरमा तपाईंको समर्थन र साथ मेरो लागि धेरै महत्त्वपूर्ण छ ।’ 

अल्काले मानिसहरूलाई चर्को साउन्ड नसुन्न र हेडफोन कम प्रयोग गर्न समेत सल्लाह दिएकी छिन । उनको स्वास्थ्य अवस्था थाहा भएसँगै भारतीय सेलिब्रेटी र फ्यानहरूले स्वास्थ्यलाभको कामना गरिरहेका छन ।

Untitled-1

५८ वर्षीया अल्का याग्निक बलिउडकी चर्चित पाश्र्व गायिका हुन । २५ भन्दा बढी भाषामा २१ हजारभन्दा बढी गीत रेकर्ड गरिसकेकी अल्काले २ राष्ट्रिय अवार्ड र ७ फिल्मफेयर अवाड समेत जितिसकेकी छिन ।

सन १९८० मा रिलिज भएको फिल्म ‘पायल की झंकार’ बाट अल्काले पाश्र्व गायिकाको रुपमा बलिउडमा डेब्यु गरेकी थिइन । उनले २०२४ मा रिलिज भएको ‘क्रू’ र ‘अमर सिंह चमकिला’ जस्ता फिल्मका लागि स्वर दिइसकेकी छन । 

उनि भारतीय चलचित्रमा सबैभन्दा धेरै गित गाउने पाचौं पार्श्व गायिका हुन ।  उनले गाएका कुछ कुछ होता हैू, टिप टिप बरसा पानी,  परदेसी परदेसी, छम्मा छम्मा, पूछो ज़रा पूछो, एक दो तीन, चाँद छुपा बादल मे, लाल दुपट्टा, मुझको राणाजी, तथा बाज़ीगर ओ बाज़ीगर जस्ता सुपरहिट गितहरु अध्याधिक रुचाईएका गितहरु हुन ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।