ताजा अपडेट »

तिनाउको दोभानमा साबुन तथा सरफ बनाउने तालिम

आइतबार, ०२ असार २०८१, १६ : ४१
374 Shares
आइतबार, ०२ असार २०८१
374 Shares

तिनाउ । पाल्पाको तिनाउ गाउँपालिका-२ दोभानमा आयोजित साबुन तथा सरफ बनाउने तालिमा आईतबार सम्पन्न भएको छ । सामुदायिक सिकाई केन्द्र तिनाउ-२ को आयोजनामा ३ दिने आधारभूत तालिमा सञ्चालन गरिएको थियो ।

तालिम समापनका अवसरमा बोल्दै गाउँपालिकाकी पूर्व उपाध्यक्ष दमयन्ती थापाले सिकेका सीप तथा ज्ञानलाई व्यवहारमा प्रयोग गर्न आग्र गरिन् । वडा नम्बर २ का पूर्व अध्यक्ष राजेश श्रेष्ठले तालिम लिएर प्रमाणपत्र बटुल्ने मात्र नभई व्यवहारमै प्रयोग गरेर देखाउनु पर्नेमा जोड दिए । सिकाई केन्द्रका अध्यक्ष पशुपति शर्माको अध्यक्षता तथा सहजकर्ता सरिता गाहाको सञ्चालनमा समापन कार्यक्रम गरिएको थियो ।

तिनाउ-१ र २ गरी २४ जना प्रशिक्षार्थी तालिममा सहभागी भएका थिए । तालिममा अनु बुढाथोकीले सहजीकरण गरेकी थिइन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।