ताजा अपडेट »

कोशीमा ३५ अर्ब २७ करोडको बजेट

शनिबार, ०१ असार २०८१, १८ : २०
38 Shares
शनिबार, ०१ असार २०८१
38 Shares

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१- ८२ को बजेट सार्वजनिक गरेको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले शनिबार प्रदेश सभा बैठकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेका हुन् ।

चालू वर्षको बजेट ३६ अर्ब ६४ करोडको बजेट रहेकोमा कोशीमा यस पटक करिब एक अर्ब रुपैयाँ बराबरको कम बजेट आएको छ । कोशीको बजेटमा प्रदेशको दिगो आर्थिक वृद्धि हासिल गर्न कृषि, उद्योग र सेवा क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, शिक्षा स्वास्थ्य लगायत सामाजिक विकासका क्षेत्रमा लगानी वृद्धि गर्ने, भौतिक पूर्वाधार निर्माण र पर्यटन विकास गर्ने तथा सेवा प्रवाहलाई नागरिक मैत्री बनाई सुशासन प्रवर्धन गर्नेतर्फ परिलक्षित गरेको अर्थमन्त्री रानाले उल्लेख गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।