ताजा अपडेट »

असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी

मंगलबार, २९ जेठ २०८१, १३ : २९
110 Shares
मंगलबार, २९ जेठ २०८१
110 Shares

काठमाडौं । सरकारले प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ । संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । अहिले संसदमा विनियोजन विधेयकमाथि मन्त्रालय गत छलफल आजदेखि शुरु हुदै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।