ताजा अपडेट »

लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र

शुक्रबार, १८ जेठ २०८१, १५ : ११
644 Shares
शुक्रबार, १८ जेठ २०८१
644 Shares

ढोरपाटन । अहिले बागलुङको पर्यटकीय क्षेत्र रिग ताल वरपर पर्यटकको भन्दा गोठाला र भेडाबाख्राको चहलपहल बाक्लो छ । बर्खा लाग्न सुरु भएसँगै बुकी उक्लिएका भेडीगोठ अबको केही साता रिग ताल क्षेत्रमै रहने छन् ।

सिरसिर चल्ने सिरेठो, भर्खर उम्रिएका भुइँ घाँसमा एकोहोरो पाराले चरिरहेका भेडाबाख्रा । ताल छेउको ठूलो चौर हजारौँ सङ्ख्याका सेताम्य भेडाबाख्राले ढाकिँदा यहाँको सुन्दरता बयान गर्न नसकिने देखिन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गभन्दा केही माथि रहेको तालको सुन्दरतालाई भेडाको बथानले अझ बढी आकर्षित बनाई दिएको छ । यही जेठ पहिलो सातादेखि नै बुकी उक्लिन थालेका भेडाका बथान अबको केही दिनमा रिग क्षेत्र छोडी सक्छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।