ताजा अपडेट »
बजेट २०८-८२

बजेट २०८१/८२ मा कुन मन्त्रालयलाई कति बजेट बिनियोजन गरीएको छ

बुधबार, १६ जेठ २०८१, ०५ : ३०
200 Shares
बुधबार, १६ जेठ २०८१
200 Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१।३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८।९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख गरेकाछन । ।

अर्थमन्त्री पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन् । शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।यस्तै, आगामी आर्थिक वर्षको लागि सबैभन्दा कम बजेट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाएको छ । महिला मन्त्रालयको लागि आगामी आर्थिक वर्ष एक अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरएिको छ । अर्थ मन्त्रालयको लागि भने बजेट तोकिएको छैन ।

कुन मन्त्रालयलाई कति बजेट बिनियोजन गरीएको छ ? रुपैयामा:

- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ३५ करोड

- संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड

- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्व २८ करोड

- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब १० करोड

- व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि ६ अर्ब ८२ करोड

- वन तथा वातावरण मन्त्रालयको लागि १५ अर्ब ७० करोड विनियोजन

- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड

- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ ८६ अर्ब २४करोड विनियोजन

- खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड

- कृषि  तथा पशुपन्छी मन्त्रालयका लागि  ५६ अर्ब २९ करोड

- युवा तथा खेलकुद मन्त्रालयको लागि ३ अर्ब ५० करोड

- ऊर्जा तथा जलस्रोत मन्त्रालयको लागि  ५० अर्ब ७४ करोड

-  महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि १ अर्ब ६० करोड

- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ५० अर्ब ५३ करोड

- शहरी विकास मन्त्रालयतर्फ ९२ अर्ब ६३ करोड

- रक्षा मन्त्रालयको लागि ५९ अर्ब८७ करोड

- गृह मन्त्रालय १ खर्ब ९९ अर्ब २४ करोड

- परराष्ट्र मन्त्रालयको लागि ६ अर्ब ७७ करोड

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।