ताजा अपडेट »
बजेट

यस्तो छ आर्थिक वर्ष २०८१/८२ को बजेट (पूर्णपाठ)

मंगलबार, १५ जेठ २०८१, १७ : १३
382 Shares
मंगलबार, १५ जेठ २०८१
382 Shares

काठमाडौँ । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु। ११ खर्ब ४० अर्ब  ६६ करोड अर्थात् ६१।३१ प्रतिशत, पुँजीगततर्फ रु। ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८।९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु। ३ खर्ब ६७ अर्ब  २८ करोड अर्थात् १९।७४ प्रतिशत रहेको छ।

 
यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६।२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१।५६ प्रतिशतले बढी हो। कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु। ४ खर्ब ८ अर्ब ८७ करोड विनियोजन रहेको छ। 
 
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु। १२ खर्ब ६० अर्ब ३०  करोड र वैदेशिक अनुदानबाट रु। ५२ अर्ब ३३ करोड व्यहोर्दा रु। ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु। २ खर्ब १७ अर्ब ६७ करोड जुटाइनेछ। राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु। ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।