ताजा अपडेट »

एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती सर्वसहमत चयन

शनिबार, १२ जेठ २०८१, २३ : ३१
90 Shares
शनिबार, १२ जेठ २०८१
90 Shares

बुटवल । नेकपा एमाले पाल्पाको १०औं अधिवेशनबाट अध्यक्षमा ओमबहादुर घर्तीमगर सर्वसम्मत निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनसँगै दुई दिनदेखि जारी अधिवेशन शनिबार सम्पन्न भएको छ  । 

केन्द्रीय निर्वाचन कमिटीका सदस्य डा. हरि भण्डारीका अनुसार अधिवेशनबाट उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज), उपसचिवमा दीपक विश्वकर्मा र महिला उपसचिवमा मीना जीसी सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट पाल्पामा १०१ सदस्यीय जिल्ला कमिटी चयन भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।