ताजा अपडेट »

सिरोहियाको पक्राउ बारे ओलीको टिप्पणी- गलत ब्याख्या नगरौं !

विहीबार, १० जेठ २०८१, १५ : ३०
232 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा गलत ब्याख्या गर्न नहुने बताएका छन् । झापामा रहेका ओलीले सिरोहिया पक्राउ परेको विषयमा मिडियामाथिको आक्रमण भनेर गलत ब्याख्या उचित नहुने बताए । उनले देशमा सबै कानुनको मातहतमा छन् भन्ने बुझ्नु र मान्नु पर्ने बताएका छन् ।

उनले भने- 'त्यसमा विवादका विषय हुन सक्दछन्, तर उनलाई जन्मकैद गर्न खोजिएको होइन । कुनै सञ्चारमाथि हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ ।' उनले टाइमिङ ठीक भयो कि भएन, त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? भन्दै प्रश्न गरेका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।