ताजा अपडेट »

बुटवल ८ ले गर्‍यो वार्षिक समिक्षा

बुधबार, ०९ जेठ २०८१, २० : ३८
78 Shares
बुधबार, ०९ जेठ २०८१
78 Shares

बुटवल । बुटवल उपमहानगरपालिका वडा न ८ ले वडा कार्यालयले गरेका कामहरुको वार्षिक समिक्षा गरेको छ । बुधबार वडा कार्यालय सुख्खानगरमा एक कार्यक्रमको आयोजना गर्दै वर्षभरिमा भएका बिभिन्न उपलब्धीहरु तथा जनताका राय सुझाब लिने सहितको कार्यक्रम गरिएको हो । 

कार्यक्रममा वडा अध्यक्ष अध्यक्ष यज्ञ प्रसाद पङगेनीले वडाले एक वर्षभित्रमा शंकलन गरेको राजस्व विवरण, निर्माण सम्पन्न गरेका सडकहरु तथा विषयगत क्षेत्रमा भएका उपलब्धीहरुको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अहिलको अवस्थामा समेत बुटवल ८ ले एक वर्षको अवधिमा ३ करोड १३ लाख ७८ हजार बढि राजस्व शंकलन गरेको दाबी गरे । उनले चालु आर्थिक वर्षमा पूर्वाधार विकास निर्माणको कार्यलाई प्राथमिकतामा राखेर बिभिन्न योजना सम्पन्न भएको उल्लेख गरे । 

उनले यो एक वर्षको अवधिमा बिभिन्न १७ प्रकारका सडक संग सम्बन्धीत कामहरु भएको दाबी गर्दै शिक्षा, सामाजिक समानता तथा सामाजिक न्याय , वडाध्यक्ष पहिचान तथा सौन्दर्यीकरण , बिद्युत, खानेपानी, लैंगिक समानता, सञ्चार, पशु, स्वास्थ्य, प्रशासन, खेलकुद लगायतका क्षेत्रमा काम भएको उल्लेख गरे । उनले सोही अवसरमा आगामी आर्थिक वर्षमा गर्ने २१ योजनाहरु समेत सार्वजनिक गरेका थिए । Messenger_creation_c07a57c5-465c-4785-a8a0-a6d0c8c3b0d5

कार्यक्रममा वडा सदस्यहरु हरिहर ज्ञवाली, तुलबहादुर थापा मगर,सीता खनाल, सविता बिक, वडा सचिव सुन्दरी आचार्य, नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्ट, पुर्व  वडा अध्यक्ष भिम प्रसाद श्रेष्ठ, लगायत बिभिन्न राजनितिक तथा समाजिक क्षेत्रका ब्यक्तित्वहरुले बोल्नुभएको थियो ।वडा भेला समेत रहेकोले वडाबासीले बिभिन्न समस्याहरुको बारेमा प्रश्न गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।