ताजा अपडेट »

चोरीका मोटरसाइकलसहित पाँच जना पक्राउ

बुधबार, ०९ जेठ २०८१, १६ : ५८
46 Shares
बुधबार, ०९ जेठ २०८१
46 Shares

काठमाडौँ ।  झापामा चोरीका मोटरसाइकलसहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-४ बस्नेहरू १९ वर्षीय प्रियङक कडेल, १९ वर्षीय कृष्ण घिमिरे, १९ वर्षीय नबिन बस्नेत तथा १९ वर्षीय दिपक भुजेल र सोही नगरपालिका-३ बस्ने १९ वर्षीय सम्रिक चुडाल रहेका छन् । 

पाँचथर जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा मोटरसाइकलहरू चोरी गरी झापाको सुरुङ्गा एरियामा चलाई रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी भएको प्रदेश ३-०२-००९ प ५२२१ नम्बर र मे.९ प ६४६१ नम्बरका २ थान मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।