ताजा अपडेट »

तिलोत्तमामा महिलाको पाठेघर सम्बन्धी जाँच भिआईए परीक्षण

बुधबार, ०९ जेठ २०८१, १६ : ३८
138 Shares
बुधबार, ०९ जेठ २०८१
138 Shares

बुटवल । तिलोत्तमा नगरपालिकद्वारा महिलाहरुको पाठेघर सम्बन्धी जाँच भिआईए परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ मा नीति तथा कार्यक्रम अन्तरगत विनियोजित बजेटबाट संचालन गरिएको हो ।

जेठ २ गतेबाट आनन्दवनमा शुभारम्भ भएको कार्यक्रममा शहरी स्वास्थ्य संस्था ४ र शंकरनगर स्वास्थ्य चौकीमा कार्यक्रम संचालन भएको थियो । शंकरनगर स्वास्थ्य चौकीमा भएको कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले तिलोत्तमाका महिलाहरुको स्वास्थ्य जाँचमा नगरपालिका पहिला पनि ध्यानमा राखेर स्वास्थ्य सम्बन्धी धेरै कार्यक्रम संचालन गरेको बताए ।

साथै महिलाहरुको पाठेघरमा देखिएको क्यान्सरका जाँच समयमै परीक्षण गरे समयमै उपचार हुने र आर्थिक भार पनि कम हुने बताए। जेठ २ गतेदेखि सुरु भएको कार्यक्रममा वडा नम्बर ४,६, २ मा ९०४ जनाको परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले बताए । जसमध्य ७०३ जनामा भिआईए नेगेटिभ देखिएको शाखा प्रमुख पौडेलले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।