ताजा अपडेट »
राशीफल

आजको राशिफल बि.सं.२०८१ जेठ ०९ गते बुधबार, ई.सं.२०२४ मे २२

बुधबार, ०९ जेठ २०८१, ०९ : ४०
156 Shares
बुधबार, ०९ जेठ २०८१
156 Shares

आजको राशिफल बि.सं.२०८१ जेठ ०९ गते बुधबार ई.सं.२०२४ मे २२ नेपाल सम्बत ११४४ बछलाथ्व चर्तुदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, बैशाख शुक्ल चर्तुदशी, चन्द्रमा तुला राशिमा स्वाति नक्षत्र, वरियान योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः११ बजे, सूर्यास्त साँझ ०६ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ११ मिनेट देखि ०६ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती÷अन्तर्राष्ट्रिय जैविक विविधता दिवस रहेको छ ।

           ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।