ताजा अपडेट »

सत्ता पक्षले सदन कब्जा गर्न खोज्नु लज्जाको विषय हो : पुष्पकुमार शाही

शुक्रबार, ०४ जेठ २०८१, १० : ५६
174 Shares
शुक्रबार, ०४ जेठ २०८१
174 Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले सत्ता पक्षबाट नै सदन कब्जा हुनु लज्जाको विषय भएको बताएका छन्। नेपाल विद्यार्थी संघ, महिला संघ र तरुण दलका नेताहरूसँग आज धुमबाराहीमा आयोजित छलफलमा आफ्नो धारणा राख्दै नेविसंघका पूर्व उपाध्यक्ष एवम् महासमिति सदस्यसमेत रहेका शाहीले कांग्रेसलाई धम्कि दिएर सदन कब्जा गर्ने चेस्टा नगर्न चेतावनी दिए। 

'कुनै पनि राजनीतिक दलले कांग्रेसलाई धम्क्याउन सक्दैनन्। हामीलाई धम्काएर संसद कब्जा गर्दै गल्तिहरू ढाकछोप गर्छु भन्ने कुरा कसैले नसोचे हुन्छ,' उनले भने। सहकारीमा प्रकरणमा आफ्ना नेताहरू पनि मुछिने डरले नकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रविको संरक्षण गरिरहेको शाहीको आरोप छ।'राजाको धम्कीले नडराएको कांग्रेस ओली र रविसँग डराउँदैन। संसदमा प्रतिपक्षको आवाज धुनेर मन लाग्दि गर्छु सोच्नेहरू आफैँ परास्त हुनेछन्। सहकारी ठगहरूको सदनलाई गाल्ने चाहना पुरा हुनेछैन। सरकारले संसदीय छानविन समिति गठन नरेसम्म हाम्रो सडक र सदन संघर्ष जारी नै रहने छ,' उनले चेतावनी दिए।

उनले सहकारी प्रकरणमा गृहमन्त्रीको बारम्बार नाम जोडिएपछि संसदीय छानबिन समिति बन्नुपर्छ भन्दा सत्तारुढ दलहरूले नमान्नु गम्भीर प्रकृतिको विषय बनेको बताए। जनता ठग्नेहरूलाई कांग्रेसले उन्मुक्ति नदिने उनको भनाइ छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।