ताजा अपडेट »

एकीकृत समाजवादीले बोलायो स्थायी समिति बैठक

मंगलबार, २५ बैशाख २०८१, १२ : २७
62 Shares
मंगलबार, २५ बैशाख २०८१
62 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले स्थायी समितिको बैठक बोलाएको छ । एकीकृत समाजवादीले वैशाख २९ गतेका लागि स्थायी समिति बैठक बोलाएको हो । उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न दस्तावेजका विषयमा छलफल गरिने भएको छ ।

स्थायी समितिका निर्णयमा थप छलफल गर्न वैशाख ३० गते पोलिटब्यूरो बैठक बोलाइएको छ । दुवै कमिटीबाट आएका सुझाव सङ्कलन गरेर केन्द्रीय कमिटी बैठकमा पेस गरीने खतिवडाले जानकारी दिएका छन् । एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन गर्दै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।