ताजा अपडेट »

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

विहीबार, १३ बैशाख २०८१, १२ : १९
70 Shares

काठमाडौं । नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले गस्ती गरेको छ । बुधबार नेपाल र मित्र राष्ट्र चीनको सिमाना कोरला स्थित २४ नं पिलरदेखि पश्चिम २३ नम्बर पिलरसम्म प्रहरीको संयुक्त टोलीले गस्तो गरेको हो ।

सीमाको करिब २ किमी क्षेत्रमा हुन सक्ने अपराधको नियन्त्रण तथा न्यूनिकरणको लागि इलाका प्रहरी कार्यालय लोमान्थाङ र चीनको लिजी प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले संयुक्त गस्ती गरेको थियो ।

nepal police in korala naka

 

korala naka with chines police

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।